ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

नेपाली युवा उद्यमी मञ्चको लिडर प्रोजेक्ट सम्पन्न

२०७८ बैशाख, २१  
बजार
NA

काठमाडौं (अस) । नेपाली युवा उद्यमी मञ्चले क्यानाडास्थित वेस्टर्न विश्वविद्यालयको आईभी बिजनेस स्कुलका विद्यार्थीद्वारा सञ्चालित लिडर प्रोजेक्ट सातांै पटक आयोजना गरेको छ ।

दुई साताव्यापी कार्यक्रममा ३१ जनाको सहभागिता रहेको थियो । कार्यक्रमको उद्देश्यअनुरूप बिजनेस ट्रेनिङमार्फत आर्थिक विकासमा सघाउनु हो ।

आईभी बिजनेस स्कुलले अन्तर्राष्ट्रिय स्तरमा नेपाललगायत अन्य सात वटा स्थानमा आफ्ना विद्यार्थीलाई लिडर प्रोजेक्टमार्फत निर्देशकका रूपमा पठाउने गरेको कार्यक्रम आयोजक समितिका सभापति सहारा जोशीले बताइन् । लिडर प्रोजेक्टको अन्तिम चरणमा, कार्यक्रममा सहभागीले आफ्ना बिजनेस योजना प्रस्तुत गरेका थिए । सो प्यानलमा उद्योग विशेषज्ञहरू, उद्यमीहरू र ‘लिडर प्रोजेक्ट’ का सदस्य सहभागी थिए । प्यानलमा जजमा आईभी विशिष्ट स्कट मिखालास्की र उद्यमी निरज कर्माचार्य रहेका थिए ।

आयोजक नेपाल युवा उद्यमी मञ्च, नेपालका युवा उद्यमीहरू संस्था हो । उद्यमशीलतामा सकारात्मक सोच ल्याउने उद्देश्यसहित आइडिया एक्सचेन्ज, फेलोसिप, ट्रेनिङ, एडभोकेसी आदिद्वारा उद्यमी र उद्यमशीलताको रचना गर्ने उद्देश्य राखेको छ । यो वर्षको लिडर प्रोजेक्टको प्रायोजक एनआईसी एशिया बैंक रहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्