ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

कोकाकोलाको ‘स्टप द स्प्रेड’ कोष

२०७८ बैशाख, २१  
बजार
Image Not Found

काठमाडौं (अस) । पेय पदार्थ ब्रान्ड कोकाकोलाले कोरोना महामारी नियन्त्रणमा सघाउ पुर्‍याउन २ करोड ४ लाख रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ ।

नेपालमा कोकाकोलाले खोप अभियानमा समुदायलाई सहयोग गरी पीपीई, मास्क, ग्लोभ, स्यानिटाइजरलगायत सुरक्षा सामग्री प्रदान गर्नेछ ।

खोप तथा स्वच्छता अभ्यासलाई प्रवद्र्धन गर्न देशभरि जागरुकता फैलाउने प्रयास गर्नेछ ।

कोभिड–१९ महामारी रोकथामको समर्थनमा विश्वव्यापी रूपमा ‘स्टप द स्प्रेड’ कोष सिर्जना गरिएको कम्पनीले जनाएको छ ।

यो कोषले खोप वितरण गर्न, कोभिड सुरक्षा किट (पीपीई, मास्क, ग्लोभ, स्यानिटाइज) प्रदान गरेर महामारीको प्रयासलाई नियन्त्रण गर्न सहजीकरण गर्ने कम्पनीले बताएको छ ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्