ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

पर्वतको महाशिलामा परीक्षा सञ्चालन

२०७८ बैशाख, २१  
गण्डकी प्रदेश
Image Not Found
author avatar रोशन तिवारी

पर्वत । कोरोना संक्रमणको जोखिम बढेपछि पर्वतका ६ ओटा स्थानीय तहले विद्यालय बन्द गर्नुका साथै परीक्षा रोकेका छन् । तर जिल्लाको महाशिला गाउँपालिकाले भने विद्यालय बन्द गरेन । विद्यालयले आइतवारदेखि परीक्षा समेत सञ्चालन गरेको छ ।

महाशिला गाउँपालिकाले सबै वडामा कक्षा १ देखि १० सम्मको स्तरीकरण परीक्षा सञ्चालन गरेको हो । स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गरेको दाबी गाउँपालिकाले गरेको छ ।

नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयको पठनपाठन र परीक्षा तत्काल रोक्न आदेश दिएको छ । तर महाशिला गाउँपालिकाले भने स्थानीय तहको अधिकार प्रयोग गर्दै सरकारको आदेश विपरीत परिक्षा सञ्चालन गरेको हो । महाशिलामा अहिलेसम्म कोरोना संक्रमित नदेखिएको र यससँग मिल्दोजुल्दो लक्षण समेत कसैमा नभएकाले परीक्षा नरोकिएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलको भनाइ छ ।

गाउँपालिकाका विद्यालयमा आइतवार पहिलो दिन परीक्षा सम्पन्न गरेको पौडेलले बताए । महाशिलामा २७ सामुदायिक र एक निजी विद्यालय छन् । परीक्षा दुई सिफ्टमा सञ्चालन गरिएको र स्वास्थ्यका सबै मापदण्ड पालना गरिएको गाउँपालिकाले बताएको छ । प्रत्येक कक्षाकोठामा स्वास्थ्यकर्मीले निगरानी गरेको प्रवक्ता जीवन उचै ठकुरीले बताए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्