ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सहकारीको सहयोग साना उद्योगलाई

२०७८ बैशाख, २१  
१० वर्ष अघि
NA

काठमाडौं सहकारी विभागले आर्थिक वर्षको अन्त्यमा आएर बल्ल कृषिजन्य ३५ उद्योगलाई रू. ८५ लाख सहयोग गर्ने निर्णय गरेको छ । ठूला प्रशोधन उद्योगको सहयोगका निम्ति छुट्याइएको रू. १० करोड भने फ्रिज नै हुने भएको छ ।

अहिले उपलब्ध सहयोग  कृषिजन्य पदार्थको प्रशोधनमा क्रियाशील साना उद्योगले पाउनेछन् । विभागले गत बुधवार यो निर्णय गरेको हो । चालू आर्थिक वर्षको बजेटमा साना प्रशोधन उद्योगका लागि रू. ९० लाख छुट्याएको थियो । ८५ लाख ४० हजार रुपैयाँ साना उद्योगलाई सहयोग गर्न निर्णय गरेको हो । सहयोगका निम्ति देशभरिबाट ८५ वटा आवेदन गरेका थिए । जसमध्ये ३५ वटा प्रशोधन उद्योगलाई विभागले सहयोगका निम्ति छनोट गरेको हो ।

सहकारीको सहयोग पाउन छनोट भएका कृषिजन्य साना प्रशोधन उद्योगहरूमा ४ जडिबुटी, १७ दुग्ध, ७ मह, ३ अदुवा, १ जुनार, १ कफी र २ चिया उद्योगहरू रहेका छन् । ४ जडिबुटी उद्योगलाई रू. १२ लाख ६५ हजार, १७ दुग्ध उद्योगलाई रू. ३६ लाख ५ हजार, सात मह उद्योगलाई रू. १४ लाख, तीन अदुवा उद्योगलाई रू. ६ लाख, एक जुनार उद्योगलाई रू. एक लाख ७० हजार, एक कफी उद्योगलाई रू. ९ लाख ५० हजार, सहयोग दिने निर्णय गरिएको जानकारी विभागका उपरजिस्टार गोपीकृष्ण निरौलाले जानकारी दिए ।

वर्ष ५, अंक ४२, २०६७, जेठ असार ७–१३

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्