ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

 दिव्यश्वरी हाइड्रोपावर १ करोड ८० लाखभन्दा बढी नोक्सानीमा 

२०७८ बैशाख, २१  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २१, काठमाडौं । दिव्यश्वरी हाइड्रोपावर लिमिटेड यसवर्षको तेस्रो त्रैमाससम्म रू. १ करोड ८० लाख ७३ हजार खुद नोक्सानीमा रहेको छ ।

गत वर्ष यो अवधिसम्म रू. ३ करोड १६ लाख ६० हजार खुद नोक्सानीमा रहेको कम्पनीले करीब ४३ प्रतिशत नोक्सानी सुधारेको हो । यसवर्ष कुल आम्दानीमा वृद्धि भएकाले पनि नोक्सानीमा सुधार देखिएको हो । गत वर्षभन्दा यस वर्ष कम्पनीको विद्युत् विक्री आम्दानी घटेपनि अन्य स्रोतबाट आम्दानी भएकाले कुल आम्दानी बढेको छ । 

यसवर्ष विद्युत् विक्रीबाट रू. ५ करोड २८ लाख ४२ हजार र अन्य स्रोतबाट रू. १ करोड १ लाख ८६ हजार आम्दानी भएको छ । गत वर्ष विद्युत् विक्रीबाट रू. ५ करोड ७५ लाख ९ हजार आम्दानी गरेको कम्पनीले अन्य स्रोतबाट आम्दानी गरेको थिएन । 

हाल कम्पनीको चुक्तापूँजी रू. २६ करोड ४० लाख रहेको छ भने जगेडा कोष रकम रू. १९ करोड ३० लाख ९४ हजार ऋणात्मक छ । गत वर्ष भन्दा यस वर्ष जगेडा कोषको ऋणात्मक रकम १८ प्रतिशत बढी भएको हो ।

गत वर्ष यस अवधिसम्म कम्पनीको जगेडा कोष रकम रू. १६ करोड ३२ लाख १५ हजार ऋणात्मक थियो । यस वर्ष कम्पनीको ऋण रकम भने कम भएको छ । अल्पकालिन ऋण रकम रू. ५ करोड ४४ लाख ६५ हजार र दिर्घकालिन ऋण रकम रू. ६ करोड ६९ लाख २४ हजार रहेको छ ।

गत वर्ष यस अवधिसम्म कम्पनीको अल्पकालिन ऋण रकम रू. ६ करोड ४४ लाख ६५ हजार र दिर्घकालिन ऋण रकम रू. ६१ करोड ७७ लाख ३९ हजार थियो । खुद नोक्सानीमा रहेको कम्पनीको प्रतिशेयर आम्दानी रू. ६ दशमलव ८५ ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ रू. २६ दशमलव ८६ रहेको छ ।


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्