ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

आशा लघुवित्तको खुद नाफा यो वर्ष २६७.८२ % वृद्धि

२०७८ बैशाख, २१  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २१, काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आशा लघुवित्र वित्तीय संस्था लिमिटेडले रू. १० करोड ६७ लाख ६४ हजार खुद नाफा गरेको छ । 

गत वर्षभन्दा यसवर्ष कम्पनीको खुद नाफा २६७ दशमलव ८२ प्रतिशत बढी भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. २ करोड ९० लाख २६ हजार यो नाफा गरेको थियो । यसवर्ष खुद ब्याज आम्दानी ७८ प्रतिशत बढेको र सञ्चालन नाफामा सुधार भएकोले पनि कम्पनीको खुद नाफा उल्लेख्य मात्रामा बढेको हो । 

गत वर्ष रू. १० करोड ६४ लाख १४ हजार खुद ब्याज आम्दानी गरेको कम्पनीले यस वर्ष रू. १८ करोड ९८ लाख ४४ हजार यो आम्दानी गरेको छ । गत वर्षसम्म रू. ७२ लाख ३६ हजार सञ्चालन नोक्सानीमा रहेको कम्पनीले यस वर्ष सुधारेर रू. १५ करोड ५१ लाख ८३ हजार सञ्चालन नाफा गर्न सफल भएको छ । 

यसवर्ष सम्भावित जोखिम शिर्षकमा ९६ दशमलव ६५ प्रतिशत कम रकम छ्ट्याएकाले पनि कम्पनीको सञ्चालन नाफा बढेको हो । गत वर्ष रू. ६ करोड ९४ लाख ५२ हजार सम्भावित जोखिममा छुट्याएको कम्पनीले यस वर्ष रू. २३ लाख २० हजार मात्र छुट्याएको छ ।

१५ प्रतिशत बोनस शेयर मार्फत चुक्तापूँजी बढाएर रू. २६ करोड ७१ लाख ३१ हजार पुर्‍याएको कम्पनीको जगेडा कोष रकम पनि १३६ दशमलव ५० प्रतिशत वृद्धि भई रू. १५ करोड ३५ लाख ३३ हजार कायम भएको छ । 

यसवर्ष गत वर्षभन्दा साढे ६३ प्रतिशत बढी अर्थात् रू. १ अर्ब १९ करोड ३९ लाख ४७ हजार निक्षेप संकलन गरेको कम्पनीले ६० दशमलव ६८ प्रतिशत बढी अर्थात् रू. ३ अर्ब ६३ करोड ८९ लाख ८५ हजार कर्जा प्रवाह गरेको छ ।

 यसवर्ष कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट गत वर्षभन्दा ५० दशमलव ८७ प्रतिशत बढी अर्थात् रू. २ अर्ब ११ करोड २३ लाख ७ हजारभन्दा बढी कर्जा सापटी लिएको छ । 

यसवर्ष निष्क्रिय कर्जा पनि ३ दशमलव १५ प्रतिशतमा झरेको छ । गत वर्ष ४ दशमलव ४६ प्रतिशत रहेको थियो । कम्पनीको प्रतिशेयर आम्दानी रू. ५३ दशमलव २९ र प्रतिशेयर नेटवर्थ रू. १५७ दशमलव ४० रहेको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्