ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको साधारण सभा जेठ ११ मा, आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्ने

२०७८ बैशाख, २१  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २१, काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले वार्षिक साधारण सभा जेठ ११ गते गर्ने भएको छ । सभा बिहान ९ बजे कम्पनीको कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा भर्चुअल माध्यमबाट गर्ने हुँदैछ ।
 

सभाले प्रबन्धपत्र र नियमावली संशोधन गर्ने र सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ ।  साथै सभाले आव २०७७/ ७८ को लागि लेखापरिक्षकको नियुक्ती र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका बैशाख २८ गते देखि जेठ ११ गतेसम्म बन्द रहनेछ । वैशाख २७ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन पाउनेछन् ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्