ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

पाँचथर पावरको खुद नाफा साढे ५५ % घट्यो 

२०७८ बैशाख, २१  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २१, काठमाडौं । पाँचथर पावर कम्पनी लिमिटेडले यस वर्षको तेस्रो त्रैमाससम्म रू. २ करोड ९५ लाख ४६ हजार खुद नाफा गरेको छ ।

गत वर्षको तुलनामा यसवर्ष कम्पनीको खुद नाफा ५५ दशमलव ५३ प्रतिशत कम भएको हो । गत वर्ष उक्त अवधिसम्म कम्पनीले रू. ६ करोड ६४ लाख ३३ हजार यो नाफा गरेको थियो । 

यसवर्ष सञ्चालन आम्दानी घटेको कम्पनीको खर्च बढ्दा नाफामा कमि आएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ३० करोड ७१ लाख ५५ हजार सञ्चालन आम्दानी गरेको थियो भने यस वर्ष यो आम्दानी रू. २६ करोड ७१ लाख ५० हजारमा खुम्चिएको छ । सञ्चालन आम्दानी गत वर्षभन्दा यस वर्ष १३ प्रतिशत घटेको हो ।

यस वर्ष कम्पनीको प्रत्यक्ष खर्च भने १४० प्रतिशत बढी भएको छ । गतवर्ष यो शिर्षकमा रू. ७६ लाख ३२ हजार खर्च गरेको कम्पनीले यस वर्ष रू. १ करोड ८३ लाख १८ हजार खर्च गरेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. ९६ करोड २५ लाख रहेको छ । 

जगेडा कोष रकम भने रू. ११ करोड ५ लाख ९६ हजार ऋणात्मक रहेको छ । गत वर्षभन्दा यसवर्ष जगेडा कोषको ऋणात्मक रकम ३० प्रतिशत कम भएको हो । गत वर्ष यो रकम रू. १५ करोड ७२ लाख ७७ हजार थियो ।

तेस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. १२ दशमलव २८ र प्रतिशेयर नेटवर्थ रू. ८८ दशमलव ५१ रहेको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्