ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

मर्जर पश्चात खुलेको समता घरेलु लघुवित्तको शेयरमूल्य १० % बढ्यो

२०७८ बैशाख, २१  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २१, काठमाडौं । मर्जरपछि कारोबार खुलेको समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य मंगलवार १० प्रतिशतले वृद्धि भएको छ । 

योदिन कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ६०५ पुगेको हो । समता लघुवित्त वित्तीय संस्था र घरेलु लघुवित्त वित्तीय संस्था बीच एक आपसमा मर्जरमा गएपछि समता घरेलु लघुवित्त वित्तीय संस्थाको नामबाट मंगलवारदेखि शेयर कारोबार खुला भएको हो । 

कम्पनीको शेयर प्रतिकित्ता रू. ५५० मा खुला भएको थियो । दुई कम्पनी बीच एक आपसमा मर्जमा भई एकीकृत कारोबार शुरु गरेपछि शेयर कारोबार खुला भएको हो । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्