ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

मंगलवार पनि बढ्यो सुन तथा चाँदीको भाउ 

२०७८ बैशाख, २१  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २१, काठमाडौं । नेपाली बजारमा मंगलवार पनि सुनको मूल्य बढेको छ । स्थानिय बजारमा अघिल्लो कारोबार दिन अर्थात् सोमवार रू. ४०० ले बढेको सुनको भाउ मंगलवार रू. २०० उकालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार छापावाला सुन प्रतितोला रू. ९० हजार ६०० मा कारोबार भएको छ । सोमवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९० हजार ४०० मा कारोबार भएको थियो । सोमवारको तुलनामा मंगलवार छापावाला सुन प्रतितोला रू. २०० ले बढेको हो । 

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९० हजार १०० मा कारोबार भएको छ । सोमवार तेजाबी सुन प्रतितोला रू. ८९ हजार ९०० मा कारोबार भएको थियो । 

यस्तै, मंगलवार चाँदीको मूल्य पनि बढेको रहेको छ । सोमवार प्रतितोला १ हजार ३०० मा कारोबार भएको चाँदी मंगलवार रू. २५ ले वृद्धि भएर रू. १ हजार ३२५ मा खरीदविक्री भइरहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्