ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

०.१५ % ले घटेको बजारमा ५ ओटा कम्पनीको शेयरमूल्य ९ % भन्दा बढीले वृद्धि (१ बजेको अपडेट)

२०७८ बैशाख, २१  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २१, काठमाडौं । मंगलवार कारोबारको दोस्रो घण्टामा नेप्से परिसूचक ३ दशमलव ९९ अंकले घटेर २ हजार ६४८ दशमलव ७५ विन्दुमा पुगेको छ । यस अवधिमा परिसूचक शून्य दशमलव १५ प्रतिशतले घटेको हो ।  

दोस्रो घण्टाको अवधिमा २०७ ओटा कम्पनीकोे रू. २ अर्ब ४५ करोड ४१ लाख ७६ हजार बराबरको शेयर खरीदविक्री भएको छ ।

कारोबारको दोस्रो घण्टामा महिला लघुवित्त र समता घरेलु लघुवित्तको शेयरमूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, विशाल बजार कम्पनी, राधी विद्युत् कम्पनी र सिंगटी हाइड्रोको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । 

यस अवधिसम्म एनसीसी बैंकको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. १४ करोड ८४ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. ३६८ मा कारोबार भइरहेको छ ।

दोस्रो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये व्यापार, जलविद्युत्, लघुवित्त, म्युचुअल फण्ड र लगानी समूहको परिसूचक बढेको छ भने बाँकी बैंकिङ, होटल्स तथा पर्यटन, विकास बैंक, वित्त, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य र जीवन बीमा समूहको परिसूचक घटेको छ  ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्