ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

तेस्रो त्रैमासमा युनिक नेपाल लघुवित्तको नाफा ७६% बढ्यो

२०७८ बैशाख, २१  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २१, काठमाडौं । युनिक लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ७६ प्रतिशतले वृद्धि भएको छ ।

कम्पनीले गत आवको तेस्रो त्रैमासमा रू. ४ करोड ५१ लाख २४ हजार नाफा कमाएकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. ७ करोड ९४ लाख ६४ हजार पुगेको हो । 

चालू आवको तेस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानीमा वृद्धि भएकाले र रू. १ अर्ब ८२ करोडभन्दा बढी खराब कर्जा उठाउन कम्पनी व्यवस्थापन सफल भएकाले नाफामा वृद्धि भएको हो । 

चुक्तापूँजी रू. ९ करोड ६८ लाख रहेको उक्त कम्पनीले जगेडामा रू. १९ करोड १५ लाख ३८ हजार सञ्चित गरेको हो । चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले रू. ५७ करोड २५ लाख ५३ हजार सापटी लिएर, रू.२ अर्ब  १८ लाख निक्षेप संकलन गरेर रू. ३ अर्ब ५ करोड ५१ लाख कर्जा लगानी गरेको हो । 

खुद ब्याज आम्दानी गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ३६ प्रतिशतले वृद्धि भएको हो । कम्पनीले गत आवमा रू. १३ करोड ७० लाख खुद ब्याज आम्दानी भएकोमा चालू आवमा वृद्धि भएर रू. १८ करोड ६९ लाख पुगेको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्