ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

वीरगञ्जका होटेल र धर्मशालामा आईसोलेशन बनाइँदै

२०७८ बैशाख, २१  
प्रदेश ०२
Image Not Found
फाइल फोटो
author avatar अभियान संवाददाता

वैशाख २१, वीरगञ्ज । सीमावर्ती शहर वीरगञ्जमा कोरोना संक्रमण फैलिएसँगै यहाँका होटेल र धर्मशालाहरुलाई आईसोलेशन बनाइएको छ ।

वीरगञ्ज महानगरपालिका र होटेल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जको सहकार्यमा वीरगञ्जमा होटेल आईसोलेशन शुरू गरिएको हो । 

अस्पतालमा भर्ना हुन नपर्ने अवस्थाका संक्रमितको व्यवस्थापनका लागि होटेल र धर्मशालामा आईसोलेशनको प्रबन्ध मिलाइएको नगर प्रमुख विजयकुमार सरावगीले बताए । 

होटेल व्यवसायीहरूको सहकार्यमा वीरगञ्जको होटेल विजय ज्योतिमा आईसोलेशन सञ्चालनमा आइसकेको छ । 

होटेलमा सःशुल्क आईसोलेशनको व्यवस्था मिलाइएको होटेल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्तले बताए । अहिले एउटा होटललाई आईसोलेशन बनाइएकोमा आवश्यकताअनुसार अन्य होटेललाई पनि उपयोग गरिने जानकारी पन्तले दिए । 

वीरगञ्जको लक्ष्मीनारायण मन्दिर गोपाल मण्डली धर्मशालामा बुधवारदेखि २०० बेडको आईसोलेशन सञ्चालन गर्न लागिएको नगरप्रमुख सरावगीले बताए ।
 यो आईसोलेशन संक्रमितहरूलाई निःशुल्क उपलब्ध गराइने महाननगरले बताएको छ ।

गत वर्ष पनि संक्रमण फैलिँदा वीरगञ्जका होटेल, धर्मशाला र विद्यालयलाई आईसोलेशन बनाइएको थियो ।


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्