ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

७ ओटा कम्पनीहरुको शेयर मूल्य उच्च दरले बढ्यो, क - क कसको बढ्यो ?

२०७८ बैशाख, २१  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २१, काठमाडौं । साताको तेस्रो  कारोबार दिन सात ओटा कम्पनीको शेयर मूल्य उच्च दरले वृद्धि भएको छ । 

यो दिन सबैभन्दा बढी समता लघुवित्त वित्तीय संस्था र महिला लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो । 

त्यसैगरी बिशाल बजार कम्पनीको शेयर मूल्य ९ दशमलव ९९, राधी विद्युत् कम्पनीको ९ दशमलव ९० प्रतिशत, सिंगटी हाइड्रो इनर्जीको ९ दशमलव ८२ प्रतिशत,युनाइटेड मोदी हाइड्रोपावरको ९ दशमलव ७३ प्रतिशत र रुरु जलविद्युत् परियोजनाको ९ दशमलव ६४ प्रतिशतका दरले वृद्धि भएको हो । 

ती सात ओटै कम्पनीको शेयर मूल्यमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयर मूल्य बढेको हो ।  समता लघुवित्तको शेयर मूल्य प्रतिकित्ता रू. ६०५, महिला लघुवित्तको रू. ४ हजार १५८,बिशाल बजार कम्पनीको रू. ६ हजार ७८४ पुगेको छ । 

त्यसैगरी राधी विद्युत् कम्पनीको रू. ५७७,सिंगटी हाइड्रोको रू. ४८१, युनाइटेड मोदी हाइड्रोको रू. २४८ र रुरु जलविद्युत् परियोजनाको शेयर मूल्य प्रतिकित्ता रू. ४२१ पुगेको हो ।


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्