ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

३ अर्ब ७४ करोडको शेयर खरीदविक्री भएको बजारमा एनसीसी बैंकको सर्वाधिक कारोबार (२ बजेको अपडेट)

२०७८ बैशाख, २१  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २१, काठमाडौं । मंगलवार कारोबारको तेस्रो घण्टामा नेप्से परिसूचक २ दशमलव २७ अंकले बढेर २ हजार ६५५ दशमलव शून्य २ विन्दुमा पुगेको छ । 

शून्य दशमलव शून्य ९ प्रतिशतले बढेको बजारमा २११ ओटा कम्पनीकोे रू. ३ अर्ब ७४ करोड ८ लाख १८ हजार बराबरको शेयर खरीदविक्री भएको छ ।

कारोबारको तेस्रो घण्टामा महिला लघुवित्त र समता घरेलु लघुवित्तको शेयरमूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, विशाल बजार कम्पनी, राधी विद्युत् कम्पनी, सिंगटी हाइड्रो, युनाइटेड मोदी हाइड्रोपावर र रु रु जलविद्युतको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । 

तेस्रो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये व्यापार, जलविद्युत्, वित्त, निर्जीवन बीमा, लघुवित्त र लगानी समूहको परिसूचक बढेको छ भने बाँकी बैंकिङ, होटल्स तथा पर्यटन, विकास बैंक, उत्पादन तथा प्रशोधन, अन्य, जीवन बीमा र म्युचुअल फण्ड समूहको परिसूचक घटेको छ  ।

यस अवधिसम्म एनसीसी बैंकको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. १७ करोड ३२ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. ३६९ मा कारोबार भइरहेको छ ।

कारोबार रकमकै आधारमा सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीमा अरुण कावेली पावर कम्पनी रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता रू. ३५५ मा रू. १५ करोड ४९ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्