ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

कम तौलको उत्पादन बेच्ने दाना उद्योगलाई जरीवाना 

२०७८ बैशाख, २१  
प्रदेश ०२
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २१, वीरगञ्ज । प्याकेजिङमा उल्लेख गरिएभन्दा कम तौलको दाना बेचेर उपभोक्ता हितविपरीत काम गर्ने चितवनको एउटा दाना उद्योगलाई जरीवाना तिराइएको छ । 

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जले चितवन भरतपुर महानगरपालिका–५ स्थित नेपाल वेल होप एग्री टेक प्रालिलाई ३ लाख रुपैयाँ जरीवाना गरेको हो । 

कुखुराको दाना बनाउने यो उद्योगले उल्लेख गरिएभन्दा कम तौलको उत्पादन बेचेको उजुरी परेको थियो । स्थलगत अनुगमन गर्दा आरोप पुष्टि भएपछि जरीवाना गरिएको कार्यालयका प्रमुख जीतबहादुर भण्डारीले बताए । 

भरतपुरकै सुविधा पोल्ट्री प्रालिले किनेर ल्याइएको सो उद्योगको विजय ब्राण्डको कुखुराको दानाको बोरामा तौल ५० किलोग्राम लेखिएको थियो । 

नापतौल गर्दा ३ किलो कम तौल फेला परेपछि कारवाही गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका सूचना अधिकारी दिलिप खंग खत्वेले बताए । तोकिएको जरीवाना ७ दिनभित्र बैंकमा जम्मा गर्न निर्देशन दिइएको पनि खत्वेले जानकारी दिए । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्