ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

१ अर्ब ७१ करोड खराब कर्जा संकलन गरेसँगै मानुषी लघुवित्तको नाफा १२६ % वृद्धि

२०७८ बैशाख, २१  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २१, काठमाडौं ।  गत आवको तेस्रो त्रैमासको तु्लनामा चालू आवको सोही अवधिमा मानुषी लघुवित्त वित्तीय संस्थाको नाफा १२६ प्रतिशतले वृद्धि भएको छ । 
गत आवको तेस्रो त्रैमासमा रू. ५२ लाख ७९ हजार नाफा कमाएको उक्त कम्पनीले चालू आवको सोही अवधिमा वृद्धि गरेर रू. १ करोड १९ लाख ६४ हजार नाफा कमाएको हो । 

कम्पनीले चालू आवको तेस्रो त्रैमासमा रू. १ अर्ब ७१ करोड २६ लाख खराब कर्जा उठाउन सफल भएकाले र खुद ब्याज आम्दानीमा वृद्धि भएकाले नाफा बढेको हो । खुद ब्याज आम्दानी गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २१ प्रतिशतले वृद्धि भएको हो । 

चुक्तापूँजी रू. ७ करोड रहेको उक्त कम्पनीले जगेडा कोषमा रू. ३ करोड ४२ लाख ८२ हजार सञ्चित गरेको छ ।

 चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले रू. ३७ करोड ३२ लाख सापटि लिएर,रू. ६२ करोड २२ लाख निक्षेप संकलन गरेर रू. ९८ करोड ११ लाख ५१ हजार कर्जा लगानी गरेको हो । सो अवधिमा कम्पनीको सञ्चालन नाफा भने रू. १ अर्ब ६९ करोड २७ लाख ऋणात्मक रहेको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्