ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

तेस्रो त्रैमाससम्ममा नेष्डो समृद्ध लघुवित्तले कमायो १९ करोड ५० लाख नाफा 

२०७८ बैशाख, २१  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २१, काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले चालू आवको तेस्रो त्रैमाससम्ममा रू. १९ करोड ५० लाख नाफा कमाएको छ । 

गत अवाको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा नाफा १० प्रतिशतले वृद्धि भएको हो । कम्पनीले गत आवको तेस्रो त्रैमासमा रू. १७ करोड ८६ लाख नाफा कमाएको थियो ।

चालू आवको तेस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो ।

गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा खुद ब्याज आम्दानी ४ दशमलव २१ प्रतिशत र सञ्चालन नाफा १० प्रतिशतले वृद्धि भएको हो । 
चुक्तापूँजी रू. १७ करोड २१ लाख २५ हजार रहेको उक्त कम्पनीले जगेडामा रू. ४६ करोड ६ लाख सञ्चित गरेको छ ।

चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले रू. ४० करोड ८४ लाख ३९ हजार सापटि लिएर,रू. २ अर्ब १९ करोड ६९ लाख निक्षेप संकलन गरेर रू.३ अर्ब ८९ करोड ५१ लाख कर्जा लगानी गरेको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्