ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

अर्बपति लगानीकर्ता वारेन बफेटले तोके बर्कशायर ह्याथवेका उत्तराधिकारी 

२०७८ बैशाख, २१  
अन्तरराष्ट्रिय
Image Not Found
९० वर्षिय अमेरिकी अर्बपति लगानीकर्ता वारेन बफेट

वैशाख २१, ओमाहा (अमेरिका) । अमेरिकी अर्बपति लगानीकर्ता वारेन बफेटले बर्कशायर ह्याथवेका उत्तराधिकारीको घोषणा गरेका छन् । 

बफेटले कम्पनीका उपाध्यक्ष ग्रेग अबेल आफूपछि बर्कशायरका प्रमुख कार्यकारी(सीईओ) बन्ने बताएका छन् । बफेट ९० वर्षका भइसकेका छन् । उनले अहिलेसम्म पनि आफू कम्पनीको सीईओबाट कहिले बाहिरिन्छु भनेर बताएका छैनन् ।

तर विगत एक दशकभन्दा लामो समयदेखि बफेटको उत्तराधिकारी को बन्लान् भनेर अड्कलबाजी चलिरहेको थियो । आफ्नो उत्तराधिकारी कोही बने भने ग्रेग नै हुने बफेटले सीएनबीसीलाई बताएको भन्दै अन्तरराष्ट्रिय सञ्चार माध्यमहरुले समाचार छापेका छन् । 

बर्कशायरको ऊर्जा एकाईलाई अमेरिकाको मुख्य ऊर्जा प्रदायक बनाउन आबेलको ठूलै हात छ । सन् २०१८ देखि उनले कम्पनीका उपाध्यक्षको जिम्मेवारी निर्वाह गरिरहेका छन् । उनले बर्कशायरको गैर–बीमाव्यवसाय हेर्छन् । एजेन्सी
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्