ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

अर्को साता चीनबाट २० हजार सिलिन्डर आउँछ : स्वास्थ्य मन्त्रालय       

२०७८ बैशाख, २१  
समाचार
Image Not Found

वैशाख २१, काठमाडौं । स्वास्थ्य तथा जनजनसंख्या मन्त्रालयले चीनबाट २० हजार खाली सिलिन्डर ल्याउने भएको छ ।

कोभिड–१९ का बिरामीको उपचारमा अक्सिजन सिलिन्डरको अभाव हुन नदिनका लागि मन्त्रालयले चीनबाट २० हजार सिलिन्डर ल्याउने भएको हो । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अर्को हप्ता चीनबाट ती सिलिन्डर आउने जानकारी दिए । उनले मुलुकमा अक्सिजनको अभाव नभए पनि सिलिन्डर नहुँदा समस्या परेको बताए ।
     
 मन्त्रालयले अस्पताल र सर्वसाधारणलाई खाली सिलिन्डर मौज्दात (होल्ड) नराख्न अनुरोध गरेको छ । नेपालमा अहिले देशभरका ३० ओटा अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएका छन् ।

ती अस्पतालबाट दैनिक २ हजार ५४९ सिलिन्डर भर्न सक्ने क्षमता रहेको मन्त्रालयले बताएको छ । केही अस्पतालमा लिक्विड अक्सिजन ट्याङ्कसमेत जडान गरिएको छ । अस्पतालसँग ६ हजारभन्दा बढी र अक्सिजन विक्रेताले दैनिक ८ हजार सिलिन्डर भर्न सक्ने क्षमता रहेको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्