ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

कर तिर्ने समय थप गर्न नेपाल उद्योग वाणिज्य महासंघको माग

२०७८ बैशाख, २१  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २१, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले कर तिर्ने समय थप गर्न सरकारसमक्ष माग गरेको छ ।

महासंघले मंगलवार एक प्रेस विज्ञप्ति जारी गर्दै कोभिड–१९ को नयाँ भेरियण्टको संक्रमण रोकथामका लागि मुलुकको झण्डै दुई तिहाई भुभागमा निषेधाज्ञा लकडाउन जारी रहेका कारण सरकारलाई वुझाउनु पर्ने कर राजस्वको विवरण बुझाउनु पर्ने म्याद र कर रकम भुक्तानीको लागि समय थप गर्न भनेको हो । 

महासंघले मंगलवार सरकारको सम्बन्धित निकायमा पत्राचार गरी अहिलेकोे विषम परिस्थितिलाई मनन गरी मूल्य अभिबृद्धि कर तथा अन्तःशुल्क, आय करको अग्रिम कर कट्टी लगायतका करहरूको विवरण बुझाउनु पर्ने म्याद र कर रकम भुक्तानीको समय थप गरिदिनसमेत भनेको छ ।
 
कोभिड महामारिकाकारण दैनिक उपभोग्य बाहेकका व्यापार, व्यवसाय र सवारी आवागमन बन्द भएका, उद्योग प्रतिष्ठानका कर्मचारी तथा कामदारहरू समेत स्वास्थ्य संवेदनशीलताका कारण आवतजावत गर्न नसकेकाले समयमा कर विवरण वुझाउन र कर रकम भुक्तानी गर्न नसकिने हुँदा समय थप गर्न महासंघले आग्रह गरेको हो । 

अघिल्लो वर्षमा भएको लामो लकडाउन पछि तङग्रिन शुरु गरेको व्यापार व्यवसाय कोभिडको दोस्रो लहरका कारण पुनः जटिल अवस्थामा आइपुगेको भन्दै महासंघले सार्वजनिक यातायातको संचालन नभएको लगायतका कारणबाट उद्योग व्यवसाय पूर्ण रूपमा संचालनमा आउन सकेका छैनन भने चलेका पनि अत्यन्त कम क्षमतामा संचालित रहेको उल्लेख गरेको छ । 

महामारि कति लामो समय जान्छ यसै भन्न सक्ने अवस्था नरहेको उल्लेख गर्दै महासंघले बन्दाबन्दीले अर्थतन्त्र चलायमान बन्न नसक्दा यससँग प्रत्यक्ष जोडिएका साना ठूला सबै तहका उद्योगी व्यवसायी, काम गरेर खाने श्रमिक कामदारहरू लगायत आम सर्वसाधारणको दैनिक जीवनयापन अत्यन्त कठिन बन्दै जाने यथार्थतालाई समयमै मनन गरी सरकारबाट उचित नीतिसहितको सहयोग गर्नसमेत माग गरेको छ ।  
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्