ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

नेपाल लाइफ इन्स्योरेन्स २१औं वर्षमा, चुक्तापूँजी ७.१९ अर्बभन्दा बढी        

२०७८ बैशाख, २१  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २१, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी २० वर्ष पूरा गरी २१औं वर्षमा प्रवेश गरेको छ ।

कम्पनीले विसं २०५८ वैशाख २१ गते स्थापना भई बीमित तथा सेवाग्राहीलाई निरन्तर सेवा प्रदान गर्दै आइरहेको  बताएको छ ।     
     
 कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले २१औं वार्षिकोत्सवका अवसरमा सन्देशमार्फत हाल कोरोना भाइरस महामारीका कारण सम्पूर्ण विश्व नै आक्रान्त भइरहेको अवस्थामा सबैलाई संयमता अपनाउँदै आफू, आफ्नो परिवार, समाज एवं सम्पूर्णको सुरक्षा तथा स्वास्थ्यलाई ध्यानमा राख्दै स्वास्थ्य मापदण्ड अपनाई आवश्यक जीवनशैली अपनाउन आग्रह गरेका छन् ।     
     
 साथै उनले कोरोना भाइरसको महामारीमा पनि सरलरुपमा जीवन बीमा सेवा प्रवाह गर्न कम्पनीले कुनै कसूर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।     
     
 कम्पनीले बीमा शुल्क (प्रिमियम) विभिन्न डिजिटल पेमेन्ट सिस्टम तथा डिजिटल वालेटबाट कुनै पनि ठाउँबाट जुनसुकै समयमा भुक्तानी गर्न सकिने सुविधा प्रदान गरेको पनि बताएको छ । साथै कम्पनीले प्रिमियम डिजिटल वालेटहरु ई–सेवा, खल्ती, कनेक्ट आईपीएस, फोन पे, आईएमई पे तथा प्रभु पेलगायतबाट अनलाइन भुक्तानी गर्न सकिने बताएको छ ।     
     
 कम्पनीमा सर्वाधिक लगानी १११ दशमलव ४७ अर्ब रुपैयाँ रहेको छ भने सर्वाधिक जीवन बीमाकोष १०१ अर्ब २८ करोड रुपैयाँ र सर्वाधिक शेयरधनी कोष ८ अर्ब ८५ करोड रुपैयाँभन्दा बढिरहेको कम्पनीले बताएको छ । कम्पनीको सर्वाधिक चुक्तापूँजी ७ दशमलव १९ अर्बभन्दा माथि रहेको छ भने १ अर्बभन्दा बढी सर्वाधिक बजार पूँजीकरण रहेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।     
     
 कम्पनीले सर्वाधिक आंशिक अवधि भुक्तानी ११ दशमलव ९८ अर्ब रुपैयाँ, सर्वाधिक पूर्ण अवधि भुक्तानी ९ दशमलव ७७ अर्ब रुपैयाँ तथा सर्वाधिक मृत्यु दाबी ३ दशमलव ७३ अर्ब रुपैयाँभन्दा बढी भुक्तानी गरिसकेको छ ।     
     
 कम्पनीमा १ लाख ७६ हजार ४३ भन्दाबढी प्रशिक्षित अभिकर्ता रहेका छन् भने कम्पनीले आफ्ना सेवाग्राही तथा देशभर हाल २००  ओटा शाखा तथा उपशाखा कार्यालयमार्फत जीवन बीमासम्बन्धी सेवा उपलब्ध गराइरहेको बताएको छ । कम्पनीमा हालसम्म वैदेशिक रोजगारसमेत गरी २८ लाख ८२ हजार ३४२ व्यक्ति बीमित भइसकेका छन् । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्