ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सीईडीबि हाइड्रोपावरको आईपीओमा १७ लाखभन्दा बढीले दिए ११.२५ गुणा बढी आवेदन 

२०७८ बैशाख, २१  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २१, काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओमा मागभन्दा ११ दशमलव २५ गुणा बढी आवेदन परेको छ । 

सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार आवेदन दिने अन्तिम दिन मंगलवार साझ ५ बजेसम्ममा १७ लाख ३६ हजार ७०१ जनाले २ करोड ६३ लाख ४५ हजार ५२६ कित्ताका लागि आवेदन दिएका हुन् । 

वैशाख १७ गतेदेखि सार्वजनिक निष्कासनमा आएको यस आईपीओमा मागभन्दा बढी आवेदन परेकाले छिटो अवधि वैशाख २१ गतेसम्म मात्र विक्री गरिएको हो । छिटो अवधिभित्र आवेदन नपरेको खण्डमा भने कम्पनीले ढिलोमा वैशाख ३१ गतेसम्म आईपीओ विक्रीको मिति तय गरेको थियो । 

कम्पनीले सर्वसाधारणमा रू. २५ करोड १८ लाख २३ हजार बराबरको २५ लाख १८ हजार २३० कित्ता आईपीओ विक्री गर्न लागेको हो । यसमध्ये २ प्रतिशतका दरले ५० हजार ३६५ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १ लाख २५ हजार ९११ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता मात्र सार्वजनिक निष्कासन गरेको हो । 

यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम २५ लाख १८ हजार २३० कित्तासम्म आवेदन दिन सकिने व्यवस्था थियो । कम्पनीको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ । 

हाल रू. ५८ करोड ७५ लाख ८७ हजार चुक्तापूँजी रहेको कम्पनीको सर्वसाधारणमा शेयर जारी बाँडफाँट पश्चात यो पूँजी रू. ८३ करोड ९४ लाख १० हजार पुग्नेछ । कम्पनीद्वारा प्रवर्द्धित साङ्गे जलविद्युत् आयोजना र राधि जलविद्युत् आयोजनाले विद्युत् उत्पादन गरिरहेका छन् भने तल्लो खारे खोला जलविद्युत् आयोजना, दोर्दी १ जलविद्युत् आयोजना र रुकुमगाडा जलविद्युत् आयोजना निर्माणधीन अवस्थामा रहेका छन् । 

यस कम्पनीले ४५ मेगावाट क्षमताको कसुवा खोला जलविद्युत् आयोजना प्रवर्द्धनका लागि लगानी गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ मा चुक्तापूँजी वृद्धि गरी रू. ८८ करोड १३ लाख ८० हजार पुर्‍याउने प्रक्षेपण गरेको छ ।आगामी आर्थिक वर्षभित्र ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रक्षेपण कम्पनीको रहेको छ । 

आर्थिक वर्ष ०७६/७७ सम्म कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ रू. १३८ दशमलव ७९ रहेको छ । सोही प्रतिशेयर नेटवर्थको आधारमा कम्पनीको पहिलो कारोबारका लागि नेप्सेले तीन गुणासम्मको लागि मूल्य तोक्नेछ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्