ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

अग्निपीडितलाई कपडा वितरण

२०७८ बैशाख, २२  
प्रदेश ०५
NA

रोल्पा (अस) । रोल्पाको त्रिवेणी गाउँपालिका–२ का अग्नि पीडितहरूलाई राष्ट्रिय युवा संघ, रोल्पाले कपडा वितरण गरेको छ । जंगलमा लागेको आगो गाउँमा पस्दा गत मंगलवार घरबारविहीन भएका त्रिवेणी गाउँपालिका–२ पिराले, बर्तिबाङ, चेत्रे, धनबाङका ३७ घर परिवारलाई युवा संघले २ लाख रुपैयाँबराबरको लत्ताकपडा वितरण गरेको हो । तत्कालका लागि अत्यावश्यक खाद्यान्न गाउँपालिकाले र भाँडाकुडा रेडक्रसले दिएकाले कपडाको आवश्यता महसूस गरी ३७ घरपरिवारका १७० जनालाई वितरण गरिएको राष्ट्रिय युवा संघ रोल्पाका अध्यक्ष प्रेम विकले बताए ।

यसैबीच अग्निपीडितहरूलाई कपडा वितरण कार्यक्रममा युवा संघ रोल्पाले पीडितहरूको घर बनाइदिने घोषणा समेत गरेको छ । ‘अहिले हामीले तत्कालै कपडा सहयोग गरे पनि अब घर निर्माणमा पनि श्रमदान गर्छाैं,’ संयोजक विकले भने, ‘एक सय जना स्वयम्सेवक युवा खटाएर पीडितहरूको घर निर्माणमा जुट्छौं ।’

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्