ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

६ वटा लघुवित्त संस्थामा एनएफआरएस

२०७८ बैशाख, २२  
बजार
NA

काठमाडौं (अस) । सञ्चालनमा रहेका ६ वटा लघुवित्त वित्तीय संस्थाले अब आफ्नो वित्तीय प्रतिवेदन एनएफआरएस (नेपात्त वित्तीय प्रतिवेदन मान) अनुसार सार्वजनिक गर्नुपर्ने भएको छ ।

थोक कर्जा प्रवाह गर्ने र  सर्वसाधारणबाट निक्षेप संकलन गर्ने लघुवित्त वित्तीय संस्थालाई वित्तीय प्रतिवेदन एनएफआरएसअनुसार गर्न राष्ट्र बैंकले ढाँचासँगै निर्देशन दिएको हो ।

राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरूलाई जारी गरिएको एकीकृत निर्देशन, २०७७ मा व्यवस्था भएअनुसार ०७८ असारमसान्तको वित्तीय विवरण एनएफआरएसबमोजिम गर्न निर्देशन दिएको हो ।

हालसम्म लघुवित्तबाहेकका अन्य बैंक तथा वित्तीय संस्थाहरूले वित्तीय विवरण एनएफआरएसअनुसार गर्दै आएका छन् । तर, अब सो प्रणालीअनुसार राष्ट्र बैंकले दिएको ढाँचाअनुसार थोक कर्जा प्रवाह गर्ने लघुवित्त संस्थाहरू आरएमडीसी, आरएसडीसी, फस्र्ट माइक्रोफाइनान्स  र साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले तयार पार्नुपर्नेछ ।

यसैगरी सर्वसाधारणबाट निक्षेप संकलन गर्ने निर्धन उत्थान र छिमेक लघुवित्त वित्तीय संस्थाले पनि एनएफआरएसअनुसार वित्तीय विवरण तयार पार्नुपर्नेछ ।

चालू आवको मौद्रिक नीतिले पनि यस्ता लघुवित्त वित्तीय संस्थाहरूले ०७८ असारदेखि एनएफआरएस अनुसार वित्तीय प्रतिवेदन तयार पार्न सम्बोधन गरेकाले यसलाई कार्यान्वयनमा ल्याउन अहिले ढाँचा तयार पारेर सोहीअनुसार गर्न भनिएको प्रवक्ता देवकुमार ढकालले बताए । बैंक तथा वित्तीय संस्थाको कार्यकारी निर्देशकसमेत रहेका ढकालका अनुसार एनएफआरएसअनुसार तयार पार्न भनिए पनि यसअघि ढाँचा दिएको थिएन । अहिले अन्तिम ढाँचा तयार पारेर दिइएको हो ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्