ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

कोरोनाबाट एकै दिन ५५ को मृत्यु

२०७८ बैशाख, २२  
समाचार
NA
author avatar अभियान संवाददाता

काठमाडौं । नेपालमा कोरोना संक्रमण र यसबाट हुने मृत्युको उकालो लाग्दै गएको छ ।

मंगलवार एकैदिन २४ घण्टाको अवधिमा कोरोनाबाट ५५ जनाले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ हजार ४१७ पुगिसकेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मंगलवार मात्र ७ हजार ६६० जनामा कोरोना पुष्टि भएको छ भने देशभर सक्रिय संक्रमितको संख्या ५९ हजार ७९८ पुगेको छ । हालसम्म ८२ प्रतिशत अर्थात् २ लाख ८७ हजार ७९० जनाले कोरोनालाई पराजित गरेका छन् ।

मन्त्रालयका अनुसार मंगलवार १६ हजार ७०२ जनाको पीसीआर परीक्षण गरिएको थियो । परीक्षणमध्ये संक्रमण दर १४ प्रतिशत र पोजेटिभमध्ये मृत्युदर १ दशमलव २ प्रतिशत रहेकाले यो डरलाग्दो भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले बताए ।

कोरोना संक्रमणको दर उच्च गतिले बढ्दै गएकाले स्वास्थ्य मापदण्ड पालना र निषेधाज्ञामा कडाइ गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्