ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

ठोस फोहोर व्यवस्थापनबारे अध्ययन गर्न जाइकासँग सम्झौता

२०७८ बैशाख, २२  
समाचार
Image Not Found

काठमाडौं (अस) । ठोस फोहोर व्यवस्थापन सम्बन्धमा जापान अन्तरराष्ट्रिय सहयोग निकाय (जाइका) र नेपाल सरकारबीच सम्झौता भएको छ । पोखरा महानगरमा ठोस फोहोर व्यवस्थापनको महायोजना अध्ययनका लागि दुई पक्षले एक सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

शहरभर समावेशी सफाइको वातावरण सुधार गर्न लक्षित उक्त महायोजनाले महानगरमा दीर्घकालीन, मध्यकालीन र अल्पकालीन योजना तयार पार्नेछ । यसले सहश्राब्दी विकास लक्ष्यको छैटौं लक्ष्य हासिलमा योगदान दिने बताइएको छ । पोखरा देशकै दोस्रो ठूलो शहर र पर्यटकीय गन्तव्य रहेको भए पनि  ठोस फोहोरको उपयुक्त व्यवस्थापनको अभाव छ । ढल प्रणाली नभएकाले सबै फोहोर पानी राम्रोसँग व्यवस्थित गरिएको छैन । यसले जमीनको सतहमुनिको पानीको स्तर पनि खस्किने जोखिम निरन्तर बढेको बताइएको छ ।

ठोस फोहोर व्यवस्थापन सम्बन्धी अध्ययन जाइकाको सहयोग तथा जल आपूर्ति मन्त्रालय, जल आपूर्ति विभाग तथा ढल व्यवस्थापन तथा पोखरा महानगर शहर कार्यालयको परामर्शमा हुनेछ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्