ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

एशियन लाईफ इन्स्योरेन्सको १ लाख ६६ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा 

२०७८ बैशाख, २२  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २२, काठमाडौं । एशियन लाईफ इन्स्योरेन्सको १ लाख ६६ हजार ७५७ कित्ता संस्थापक शेयर विक्रीमा आउने भएको छ । 

महालक्ष्मी विकास बैंकको स्वामित्वमा रहेको उक्त शेयर वैशाख २६ गतेदेखि जेठ ९ गतेसम्मका लागि लिलामीमा आउने भएको हो । यो शेयरको मूल्य प्रतिकित्ता रू. ६९८ तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।

 उक्त शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापकहरु वा योग्य जो कोहि व्यक्ति तथा संगठित संस्थाहरुले विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालय नक्साल, काठमाडौंमा पुग्ने गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

बोलकबोल गर्दा न्यूनतम १ हजारकित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । तोकिएको अवधिभित्र प्राप्त बोलपत्र जेठ १० गते अपरान्ह ३ बजे विक्री प्रबन्धकको कार्यालयमा खोलिने जानकारी पनि कम्पनीले गराएको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्