ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

आजदेखि नेपाल बैंकको ऋणपत्र विक्रीमा, न्यूनतम २५ कित्तादेखि आवेदन दिन सकिने

२०७८ बैशाख, २२  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २२, काठमाडौं । नेपाल बैंक लिमिटेडले वार्षिक ८ दशमलव ५० प्रतिशत ब्याजदरको ऋणपत्र आज (बुधवार) देखि सार्वजनिक निष्कासन गर्ने भएको छ । कम्पनीले ‘८.५० प्रतिशत नेपाल बैंक ऋणपत्र–२०८७’ नामको १० अवधिको प्रतिकित्ता रू. १ हजार अंकित मूल्यको रू. ३ अर्ब ५० करोड बराबरको ३५ लाख कित्ता ऋणपत्र विक्री गर्न लागेको हो । 

कुल कित्ता ऋणपत्रमध्ये रू. १ अर्ब ४० करोड बराबरको १४ लाख कित्ता सर्वसाधारणलाई विक्री गर्नेछ भने बाँकी २१ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न संघ संस्थाहरुलाई विक्री गर्नेछ । 

सर्वसाधारणका लागि निष्कासन गरिने ऋणपत्रमध्ये पनि ५ प्रतिशत दरको १५ हजार कित्ता सामूहिक लगानीकोषहरुमा बाँडफाँट गरेको छ भने बाँकी १३ लाख ८५ हजार कित्ता सार्वजनिक निष्कासनमा ल्याउन लागेको हो । 

सो ऋणपत्र खरीदका लागि छिटोमा वैशाख २६ गतेसम्ममा आवेदन दिन सकिनेछ । सो अवधिसम्ममा माग बमोजिम आवेदन नपरेमा ढिलोमाअवधि जेठ ५ गतेसम्म सार्वजनिक निष्कासनमा रहनेछ । यो ऋणपत्र खरीदका लागि लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ३ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । 

कम्पनीको ऋणपत्र निष्कासन तथा विक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट यो ऋणपत्र खरीदका लागि आवेदन दिन सकिने व्यवस्था छ । साथै मेरो शेयरमार्फत पनि आवेदन दिन सकिनेछ ।

ऋणपत्र निष्कासनका लागि गराएको क्रेडिट रेटिङमा इक्रा नेपालले बैंकलाई कम क्रेडिट रिस्क जनाउने इक्राएनपी आईआर सिंगल ए ग्रेडिङ प्रदान गरेको छ । यसले समयमा नै वित्तीय दायित्व पूरा गर्ने तथा कर्जा जोखिम न्यून भएको संस्था हो भन्ने जनाउँछ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्