ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

आरएमडीसी लघुवित्तको ४ लाख ५८ हजारभन्दा बढी कित्ता शेयर आजदेखि लिलामीमा 

२०७८ बैशाख, २२  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २२, काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि ४ लाख ५८ हजार २५५ कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गर्ने भएको छ । 

एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको उक्त शेयर वुधवार २८ गतेसम्मका लागि लिलामीमा आएको हो । 

यो शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. ४०८ तोकिएकाले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । यो शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक वा जो कोहि व्यक्ति, कम्पनी, संघसंस्थाहरुले वैशाख २८ गते कार्यालय समयभित्र एनआईसी एशिया क्यापिटलको कार्यालय बबरमहल, काठमाडौंमा बुझाउनु पर्नेछ । 

बोलकबोल गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ता माग गर्न सकिनेछ । विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्