ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

तेस्रो त्रैमाससम्म साना किसान लघुवित्तको नाफा साढे ४६ करोड 

२०७८ बैशाख, २२  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २२, काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले रू. ४६ करोड ५३ लाख ३५ हजार खुद नाफा गरेको छ । 

गत वर्षभन्दा यस वर्ष कम्पनीको यो नाफा करीब ७ प्रतिशत बढी भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ४३ करोड ५० लाख ९४ हजार मात्र खुद नाफा गरेको थियो । 

यस वर्ष ४७ प्रतिशत बढी रू. ४ करोड २२ लाख ३८ हजार खराब कर्जा उठाएको कम्पनीले यो वर्ष ६ प्रतिशत बढी रू. ६९ करोड ५७ लाख ८७ हजार सञ्चालन नाफा गरेको छ ।

हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब २५ करोड १५ लाख ३० हजार रहेको छ भने जगेडा कोष रकम रू. २१ अर्ब ८० करोड ९० हजार छ । कम्पनीले गत बर्षभन्दा साढे १ प्रतिशत बढी रू. २० अर्ब ९ करोड ४३ लाख १२ हजार कर्जा सापटी लिएको छ भने ६ प्रतिशत बढी रू. २३ अर्ब ५० करोड ५८ लाख ५२ हजार कर्जा प्रवाह गरेको छ । 

गत वर्ष यस अवधिसम्म शून्य दशमलव ६५ प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात यस वर्ष शून्य दशमलव ८० प्रतिशत पुगेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. ४९ दशमलव ५७ र प्रतिशेयर नेटवर्थ रू. २७४ दशमलव १९ रहेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्