ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

कर्मचारी खर्च बढ्दा घोडीघोडा लघुवित्त नोक्सानीमा 

२०७८ बैशाख, २२  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २२, काठमाडौं । घोडाघोडी लघुवित्त वित्तीय संस्था लिमिटेडले रू. ३६ लाख ६८ हजार खुद नोक्सानी व्यहोरेको छ । 

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले उक्त रकम बराबरको नोक्सानी व्यहोरेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. २१ लाख ५२ हजार खुद नाफा गरेको थियो ।

यस वर्ष खुद ब्याज आम्दानी घटेसँगै कर्मचारी खर्च बढ्दा कम्पनी सञ्चालन नोक्सानीमा जादा खुद नाफामा असर परेको हो । यसवर्ष कम्पनी रू. ४७ लाख ३५ हजार सञ्चालन नोक्सानीमा रहेको छ । गत वर्ष रू.९६ लाख ४८ हजार खुद ब्याज आम्दानी गरेको कम्पनीको यस वर्ष १८ प्रतिशत कम रू. ७८ लाख ८६ हजार यो आम्दानी भएको हो । 

कर्मचारी खर्च भने यस वर्ष गत वर्षभन्दा करीब ५० प्रतिशत बढी भएको छ । गत वर्ष रू. ६१ लाख ५९ हजार कर्मचारी खर्च भएको कम्पनीको यस वर्ष रू. ९२ लाख १८ हजार भएको छ । खराब कर्जा संकलन पनि यस वर्ष २३ दशमलव ६२ प्रतिशत कम रू. १० दशमलव ६७ हजार भएको छ ।

हाल कम्पनीको चुक्तापूँजी रू. २ करोड ७६ लाख २५ हजार छ । जगेडा कोष रकम पनि रू. ७२ लाख ६६ हजार ऋणात्मक रहेको छ । विभिन्न बैंक तथा वित्तीय संस्थाबाट करीब १२ प्रतिशत बढी रू. ३४ करोड ४० लाख २ हजार कर्जा सापटी लिएको कम्पनीले १० प्रतिशत बढी रू. ३६ करोड ३ लाख ८१ हजार कर्जा प्रवाह गरेको छ ।

गत वर्ष ३ दशमलव ४३ प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात यस वर्ष ६ दशमलव ६८ प्रतिशत पुगेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्