ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

तेस्रोे त्रैमासमा युनियन लाईफ इन्स्योरेन्सको बीमाशुल्क ६२ % ले वृद्धि

२०७८ बैशाख, २२  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २२, काठमाडौं । युनियन लाईफ इन्स्योरेन्स कम्पनीको बीमाशुल्क गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ६२ प्रतिशतले वृद्धि भएको छ । 

कम्पनीले गत आवको तेस्रो त्रैमासमा रू. ३ अर्ब २३ करोड २९ लाख बीमाशुल्क आर्जन गरेकोमा चालू आवको सोही अवधिमा वृद्धि भए्र रू. ५ अर्ब २४ करोड १६ लाख  पुर्‍याएको छ ।

कम्पनीको नाफा भने गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ७ प्रतिशतले कमि आएको हो । गत आवको तेस्रो त्रैमाससम्ममा रू. ८ करोड ९२ लाख ५९ हजार नाफा कमाएको उक्त कम्पनीको नाफा चालू आवको सोही अवधिमा घटेर रू.८ करोड २५ लाखमा सीमित भएको हो ।

कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ५० करोड ५० लाख रहेको छ । चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. ७३ करोड ७ लाख र जीवन बीमा कोषमा रू. ६ अर्ब ९०करोड भन्दा बढी सञ्चित गरेको छ ।

गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा कम्पनीको आम्दानीमा भने ४ प्रतिशतले वृद्धि भएको छ । गत आवको तेस्रो त्रैमासमा कम्पनीको आम्दानी रू. १५ करोड ४७ लाख २० हजार आम्दानी भएकोमा चालू आवको सोही अवधिमा रू. १६ करोड १२ लाख ६७ हजार पुगेको छ ।

चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले ३४२ जनालाई रू. १ अर्ब ४५ करोड ९७ लाख दाबी भुक्तानी गरेको छ भने ३० जनालाई रू. १ करोड २७ लाख दाबी भुक्तानी गर्न बाँकी रहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्