ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

बुधवार तोलामा ३०० ले घट्यो सुनको मूल्य

२०७८ बैशाख, २२  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २२, काठमाडौं । नेपाली बजारमा बुधवार सुन तथा चाँदीको मूल्य घटेको छ । स्थानिय बजारमा अघिल्लो कारोबार दिन अर्थात् मंगलवार रू. ४०० ले उकालो लागेको सुनको भाउ बुधवार रू. ३०० ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाला सुन प्रतितोला रू. ९० हजार ३०० मा कारोबार भएको छ । मंगलवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९० हजार ६०० मा कारोबार भएको थियो । मंगलवारको तुलनामा बुधवार छापावाला सुन प्रतितोला रू. ३०० ले घटेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ८९ हजार ८०० मा कारोबार भइरहेको छ । मंगलवार तेजाबी सुन प्रतितोला रू. ९० हजार १०० मा कारोबार भएको थियो । 

यस्तै, बुधवार चाँदीको मूल्य पनि घटेको छ । मंगलवार प्रतितोला रू. १ हजार ३२५ मा कारोबार भएको चाँदी बुधवार प्रतितोला रू. १ हजार ३२० मा कारोबार भइरहेको छ । मंगलवारको तुलनामा बुधवार चाँदीको मूल्य रू. ५ ले घटेको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्