ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

९ महीनामा हिमालयन जनरल इन्स्योरेन्सको नाफा ९ करोड १० लाख 

२०७८ बैशाख, २२  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २२, काठमाडौं । चालू आवको तेस्रो त्रैमाससम्ममा हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले रू. ९ करोड १० लाख ३४ हजार नाफा कमाएको छ । नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १९ प्रतिशतले कमी आएको हो । 

कम्पनीले गतआवको तेस्रो त्रैमाससम्ममा रू. ११ करोड २५ लाख नाफा कमाएको थियो । गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा कम्पनीको आम्दानीमा १७ प्रतिशतले कमि आएकाले नाफा घटेको हो । गत आवको तेस्रो त्रैमासमा कम्पनीले रू. १९ करोड आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा रू. १५ करोड ६३ लाखमा सीमित भएको हो । 

त्यसैगरी, कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा रू. ९१ करोड ८५ लाख कुल बीमाशुल्क आर्जन गरेको हो । गत आवको तेस्रो त्रैमासको तुलनामा बीमाशुल्क ६ प्रतिशतले वृद्धि भएको हो । गत आवको तेस्रो त्रैमाससम्मा कम्पनीले रू. ८६ करोड ३० लाख बीमशुल्क आर्जन गरेको थियो । 

चुक्तापूँजी रू. १ अर्ब ६ करोड ८२ लाख रहेको कम्पनीले जगेडामा रू. २८ करोड ६६ लाख र बीमाकोषमा रू. ६० करोड ७४ लाख सञ्चित गरेको हो । कम्पनीको जारी बीमालेखको सख्या ६४ हजार ९७९ र नबिकरण गरिएको बीमा लेखको सख्या १२ हजार २०१ रहेको छ । 

प्रतिशेयर आम्दानी रू. ११ दशमलव ३६, मूल्य आम्दानी अनुपात ९० दशमलव ९५, तरलता अनुपात ३ दशमलव ६३ र प्रतिशेयर नेटवर्थ रू. १८८ दशमलव ४८ रहेको छ ।

कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई यसवर्ष ३ प्रतिशत बोनस शेयर र ३ दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो लाभांश पारितका लागि कम्पनीले आगामी जेठ २८ गते साधारण सभा बोलाएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्