ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

बुधवार पहिलो घण्टामा ०.४२% ले बढ्यो नेप्से (१२ बजेको अपडेट)

२०७८ बैशाख, २२  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २२, काठमाडौं । बुधवार कारोबारको पहिलो घण्टामा नेप्से परिसूचक ११ दशमलव शून्य ९ अंकले बढेर २ हजार ६६५ दशमलव ७७ विन्दुमा पुगेको छ ।   

२ हजार ६७५ दशमलव ९५ विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा शून्य दशमलव ४२ प्रतिशतले बढेको हो ।  

पहिलो घण्टाको अवधिमा २०१ ओटा कम्पनीको २२ हजार १४० पटकको कारोबारमा ३१ लाख ८७ हजार ९६१ कित्ता शेयरको रू. १ अर्ब ५७ करोड ४ लाख ८१ हजार बराबरको खरीदविक्री भएको छ ।

कारोबारको पहिलो घण्टामा महिला लघुवित्त, विशाल बजार कम्पनी, लिवर्टी इनर्जी, राधी विद्युत् कम्पनी, सिंगटी हाइड्रो र युनियन हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । 

पहिलो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये होटल्स तथा पर्यटन, अन्य र म्युचुअल फण्ड समूहको परिसूचक घटेको छ भने बाँकी बैंकिङ, व्यापार, विकास बैंक जलविद्युत्, वित्त, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, जीवन बीमा र लगानी समूहको परिसूचक बढेको छ । 

यस अवधिसम्म एनआईसी एशिया लघुवित्तको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ११ करोड २४ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. १ हजार ८७० मा कारोबार भइरहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्