ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

६ ओटा कम्पनीको शेयरमूल्य उच्च दरले वृद्धि, क - कसको बढ्यो ?

२०७८ बैशाख, २२  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २२, काठमाडौं ।  साताको चौथो कारोबार दिन बुधवार कारोबार भएको डेढ घण्टामा छ ओटा कम्पनीहरुको शेयर मूल्यमा उच्च दरमा वृद्धि भएको छ । 

सबैभन्दा बढी बिशाल बजार कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ९९ प्रतिशत, महिला लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ९ दशमलव ९८ प्रतिशत,लिबर्टी इनर्जी कम्पनीको ९ दशमलव ९१प्रतिशतले वृछि भएको छ ।

त्यसैगरी सिगंटी हाइड्रोको ९ दशमलव ९८ प्रतिशत,राधी विद्युत् कम्पनीको ९ दशमलव ७१ प्रतिशत र युनियन हाइड्रोपावरको शेयर मूल्य ९ दशमलव १५ प्रतिशतले वृद्धि भएको छ ।

 बजार बढ्न थालेसँगै ती छ ओटै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयर मूल्यमा वृद्धि आएको हो । 

यो समाचार तयार पार्दाको  समय १२ : ३७ बजेसम्ममा बिशाल बजार कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ७ हजार ४६२, महिला लघुवित्त वित्तीय संस्थाको रू. ४ हजार ५७३,सिंगटी हाइड्रोको रू. ५२९,लिवर्टी इनर्जीको रू. ३६६,राधी विद्युत् कम्पनीको रू. ६३३ र युनियन हाइड्रोपावरको रू. १६७ पुगेको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्