ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

०.०३ % ले घटेको बजारमा ८ ओटा कम्पनीको शेयरमूल्य ९% भन्दा बढीले वृद्धि (१ बजेको अपडेट)

२०७८ बैशाख, २२  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २२, काठमाडौं । बुधवार कारोबारको दोस्रो घण्टामा नेप्से परिसूचक शून्य दशमलव ६६ अंकले घटेर २ हजार ६५४ दशमलव शून्य ३ विन्दुमा पुगेको छ । यस अवधिमा परिसूचक शून्य दशमलव शून्य ३ प्रतिशतले घटेको हो ।  

दोस्रो घण्टाको अवधिमा २१४ ओटा कम्पनीको रू. ३ अर्ब १२ करोड ३५ लाख ३३ हजार बराबरको शेयर खरीदविक्री भएको छ ।

कारोबारको दोस्रो घण्टामा रैराङ हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, महिला लघुवित्त, विशाल बजार कम्पनी, लिवर्टी इनर्जी, राधी विद्युत् कम्पनी, सिंगटी हाइड्रो, जोशी हाइड्रोपावर र युनियन हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । 

यस अवधिसम्म प्रभु इन्स्योरेन्सको संस्थापक शेयरको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. २३ करोड ६९ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. ५५१ मा कारोबार भइरहेको छ ।

दोस्रो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये बैंकिङ, होटल्स तथा पर्यटन, विकास बैंक, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य, जीवन बीमा, म्युचुअल फण्ड र लगानी समूहको परिसूचक घटेको छ भने बाँकी व्यापार, जलविद्युत्, वित्त र लघुवित्त समूहको परिसूचक बढेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्