ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

शोउजी नियुक्त भए टिकटकको नयाँ प्रमुख कार्यकारीमा

२०७८ बैशाख, २२  
अन्तरराष्ट्रिय
Image Not Found

वैशाख २२, सिंगापुर । लोकप्रिय भिडियो सेयरङि एप्स टिकटकले नयाँ प्रमुख कार्यकारी नियुक्त गरेको छ ।

तत्कालीन प्रमुख कार्यकारीले राजीनामा दिएको ८ महीनापछि टिकटकले प्रमुख कार्यकारीमा शोउजी चेउलाई नियुक्त गरेको हो । चिनियाँ इन्टरनेट कम्पनी बाइटडान्समा केही महीना अगाडि मात्र उनी प्रमुख वित्तीय अधिकृतको रुपमा प्रवेश गरेका थिए ।

शोउजीसँग यसअघि चिनियाँ स्मार्टफोन कम्पनी शाओमीको उच्च कार्यकारी तहमा रहेर काम गरेको अनुभव रहेको सीएनएनले बुधवार आफ्नो वेबसाइटमा समाचार छापेको  छ ।

शोउजी सीईओ नियुक्त भएसँगै कम्पनीमा अन्तरिम प्रमुखको भूमिकामा रहेकी भ्यानेसा पाप्पाजलाई टिकटकको प्रमुख कार्यसञ्चालन अधिकृत (सीएफओ) को जिम्मेवारी दिइएको छ ।  

बाइटडान्सका सीईओ यिमिंग झांगले एक विज्ञप्तिमा  शोउजी र भ्यानेसाको नेतृत्वले दिगो वृद्धिको मार्ग प्रशस्त गर्ने बताएका छन् । टिकटकका नव नियुक्त प्रमुख कार्यकारी शोउजी सिंगापुरका हुन् । उनले सिंगापुरस्थित कार्यालयबाट काम गर्नेछन् ।

गत वर्ष टिकटकले डिज्नी कम्पनीका पूर्व व्यवस्थापक केभिन मायरलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो । तर उनले राजनीतिक वातावरणमा ठूलो परिवर्तन आएको भन्दै तीन महीनामै राजिनामा दिएका थिए ।

उनले राजिनामा दिएपछि भने कम्पनीले अमेरिकास्थित शाखा प्रमुख पाप्पाजलाई अन्तरिम सीईओमा बढुवा गरेको थियो ।अन्तरराष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार टिकटकको विश्वव्यापी व्यवसायको मूल्यांकन ५० अर्ब डलर बराबर रहेको छ ।

विश्वमा सर्वाधिक लोकप्रिय एपको रुपमा रहेको टिकटकका मासिक सक्रिय प्रयोगकर्ताको संख्या ६८ करोड ९० लाख छ । टिकटक एप अहिलेसम्म २ अर्ब पटक डाउनलोड भइसकेको छ । एप स्टोरमा समेत सर्वाधिक डाउनलोड हुने एपको रुपमा टिकटक रहेको छ । एजेन्सीहरु

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्