ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

बिहीवार तोलामा ३०० ले बढ्यो सुनको मूल्य, चाँदीको भाउमा भने सामान्य गिरावट

२०७८ बैशाख, २३  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २३, काठमाडौं । बिहीवार नेपाली बजारमा पनि सुनको मूल्य उकालो लागेको छ । स्थानिय बजारमा अघिल्लो कारोबारको दिन अर्थात् बुधवार रू. ३०० ले घटेको सुनको भाउ बिहीवार सोही अंकले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार छापावाला सुन प्रतितोला रू. ९० हजार ६०० मा कारोबार भएको छ । बुधवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९० हजार ३०० मा कारोबार भएको थियो । बुधवारको तुलनामा बिहीवार छापावाला सुन प्रतितोला रू. ३०० ले बढेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९० हजार १०० मा कारोबार भएको छ । बुधवार तेजाबी सुन प्रतितोला रू. ८९ हजार ८०० मा कारोबार भएको थियो । 

यस्तै, बिहीवार चाँदीको मूल्य भने घटेको छ । बुधवार प्रतितोला रू. १ हजार ३२० मा कारोबार भएको चाँदी बिहीवार प्रतितोला रू. १ हजार ३१५ खरीदविक्री भइरहेको छ । बुधवारको तुलनामा बिहीवार चाँदी रू. ५ ले घटेको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्