ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

एशियन लाइफको भुक्तानी पूर्ण स्वचालित

२०७८ बैशाख, २४  
बजार
NA

काठमाडौं (अस) । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना सम्पूर्ण भुक्तानी एनआईसी एशिया बैंकमा रहेको खाताबाट स्वचालित रूपमा सोझै लाभग्राहीको खातामा जम्मा हुने गरी एनसीएचएलको नेशनल पेमेन्ट्स इन्टरफेस (एनपीआई) मा आबद्ध भएको छ ।

एसियन लाइफले बिहीबारबाटै कारोबार सुरु गरेको छ । कम्पनीले एनपीआईमा रहेका कनेक्ट आईपीएस तथा एनसीएचएल–आईपीएस प्रणालीमार्फत स्वचालित रूपमा बीमालेखको भुक्तानी, बीमा दाबी भुक्तानी, एजेन्ट कमिसन, तलब, भेन्डर भुक्तानीलगायत कारोबार गर्न सक्नेछ ।

कम्पनीले बीमा प्रिमियम संकलनका लागि पहिलेदेखि नै विभिन्न डिजिटल माध्यम प्रयोग गर्दै आएको थियो । पछिल्लो व्यवस्थापछि सेवा सञ्चालन थप छरितो र सहज हुनुका साथै कम्पनीको विभिन्न खाताको पुँजी व्यवस्थापन प्रक्रिया थप सहज हुने विश्वास गरिएको छ ।

लाभग्राहीले भुक्तानी प्राप्त गर्न कम्पनीमै पुग्नुपर्ने वा चेक लिनुपर्ने व्यवस्था अन्त्य भई  सोझै आफ्नो बैंक तथा वित्तीय संस्थाको खातामा प्राप्त गर्न सकिनेछ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्