ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

६ गुणाबढी भाडा लिने सवारी साधन कारवाहीमा

२०७८ बैशाख, २४  
वाग्मती प्रदेश
Image Not Found

वैशाख २४, काभ्रपलाञ्चोक । कोरोना संक्रमणको दोस्रो लहरसँगै जोखिम बढेपछि काठमाडौं उपत्यकाबाट गृहजिल्ला जाने क्रममा बिहीवार काठमाडौंबाट धनुषाको जनकपुरसम्म जाँदा करीब ६ गुणा बढी भाडा लिने सवारी साधनलाई जिल्ला ट्राफिक कार्यालय काभ्रेपलाञ्चोकले कारवाही गरेको छ ।

काठमाडौंबाट जनकपुर गइरहेको काठमाडौं पूर्वी–नाका साँगामा १५ जना यात्रु बोकेर आएको उक्त सवारीलाई जाँचका क्रममा बढी भाडा असुलेको भन्दै कारवाही गरिएको कार्यालयले जानकारी दिएको छ । 

प्रतियात्रु रू. १५ हजारको दरले भाडा लिएको जनाउँदै चालक सुरज भण्डारीसहित उक्त यातायत साधनलाई यातायात व्यवस्था विभागमा कारवाहीको सिफारिश गरिएको कार्यालय प्रमुख ट्राफिक इन्चार्ज प्रमिला श्रेष्ठले जानकारी दिए । उनले भने, ‘चालक र सवारी साधन होल्ड गरी कारवाही सिफारिश गरेका छौँ ।’
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्