ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

पारिश्रमिक वृद्धि गर्ने घोषणा स्थगित गर्न माग

२०७८ बैशाख, २४  
समाचार
Image Not Found
सांकेतिक चित्र
author avatar अभियान संवाददाता

वैशाख २४, काठमाडौं । नेपाल तयारी पोशाक संघले हालै सरकारले उद्योगमा कार्यरत कामदारहरुको पारिश्रमिक वृद्धि गर्ने घोषणा गरेको विषयप्रति गम्भिर ध्यानाकर्षण भएको बताएको छ ।

संघकामहासचिव अशोक कुमार अग्रवालद्वारा बिहीवार जारी गरिएको प्रेस विज्ञप्तिमा उद्योगीहरुको सहमति बेगर एक पक्षीय रुपमा  कामदारहरुको पारिश्रमिक १० प्रतिशतले वृद्धि गर्ने गरि गरिएको निर्णयले नेपाली तयारी पोशाक उद्यमीहरु हतोत्साही हुन पुगेको उल्लेख छ । 

विज्ञप्तिमा कोरोना महामारीको दोस्रो लहरपछि थप अनिश्चिततातर्फ धकेलिएको अवस्थामा न्युनतम पारिश्रमिक वृद्धिको प्रस्तावबाट उद्योगहरुसँग न्युनतम सञ्चालनको लागि वित्तीय स्रोतसमेत नहुने र यसबाट उद्योग बन्द गर्नुको विकल्प नरहने भएकोले  पारिश्रमिक वृद्धिको प्रस्ताव स्थगन गर्नसमेत भनिएको छ ।

साथै विज्ञप्तिमा विशेष गरी छिमेकी मुलुकमा उत्पादित तयारी पोशाक महंगो भई न्यून प्रतिस्पर्धात्मक अवस्थामा नेपालको तयारी पोशाक उद्योगलाई विसं २०७६ सालको अन्त्यबाट शुरु भएको कोरोना महामारीका क्रममा उत्पादन भएका  १ अर्ब २५ करोड बराबरको तयारी पोशाक निर्यात रद्द गरिएबाट ठूलो नोक्सानी भएको तथा सोबाट उद्योग सञ्चालन गर्न पूँजीको अभाव झेली उद्योग सञ्चालन गर्नु परेको उल्लेख छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्