ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सुन तस्कर गर्ने अनेकल सहित ५ जनाविरुद्ध मुद्दा दायर

२०७८ बैशाख, २४  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २४, काठमाडौं । राजस्व अनुसन्धान विभागले दुई अर्ब माग दाबी सहित ५ जना विरुद्ध मुद्दा दायर गरेको छ ।  

जिल्ला प्रहरी कार्यालय हेटौँडाको प्रहरी टोलीले चेकजाँचको क्रममा हेटौडाको रातोमाटे चेकपोष्टमा बिना विल विजक लुकाई छिपाई बसमा लैजादै गरेको ६ किलो २८९ ग्राम ३५० मिलिग्राम सुन बरामद गरेको थियो । 

राजस्व अनुसन्धान कार्यालय पथलैयाले गरेको अनुसन्धानमा प्राप्त सबै सबुद प्रमाणबाट प्रतिवादी भारत कर्नाटक राज्यका अब्दुल मजिद अनेकल लामो समयदेखी सुन तस्करमा संग्लन रहेको खुल्न आएको छ । 

यस्तै, रोशन पटेल भनिने लुकमानुल हाकिम र यश इम्पोर्ट एण्ड एक्सपोर्ट कन्सर्नका सञ्चालक राजेश गुरुङले पटक पटक सुन चोरी पैठारी गरी राजस्व छली गर्ने गरेका थिए । उनीहरुविरुद्ध विभागले २ अर्ब ४३ करोड ८६ लाख ८० हजार बिगो माग गरेको छ । 

यस्तै, यश इम्पोर्ट एण्ड एक्सपोर्ट कन्सर्नका सञ्चालक राजेश गुरुङको हकमा राजेशको हकमा ४ करोड ३० लाख र भैरब स्टोर्स प्रोप्राइटर सञ्जिव श्रेष्ठलाई ४ करोड ५६ लाख बिगो माग गरिएको छ । 

यस्तै शंकर घिमिरेको हकमा ४ करोड २९ लाख बिगो जरिवाना र कैद सजाय हुन माग दाबी गरिएको छ । 

उनीहरुबिरुद्ध विगो रकम असुल गरी सो को शत प्रतिशत जरिवाना र कैद सजाय हुन माग दाबी लिई वैशाख १२ गते उच्च अदालत हेटौडामा मुद्दा दर्ता गरिएको विभागले जानकारी दिएको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्