ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

१७ ओटा वित्त कम्पनीले सार्वजनिक गरे तेस्रो त्रैमासिक वित्तीय विवरण, नाफा ५४.८३% ले बढ्यो

मञ्जुश्री फाइनान्सको नाफा सबैभन्दा बढी

२०७८ बैशाख, २५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २५, काठमाडौं । १७ ओटा फाइनान्स(वित्त) कम्पनीले चालू आवको तेस्रो त्रैमासीक वित्तीय विवरण सार्वजनिक गरेका छन् । 

उक्त वित्तीय विवरण अनुसार कम्पनीहरुको नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ५४ दशमलव ८३ प्रतिशतले वृद्धि भएको छ । १७ ओटा कम्पनीहरुले गत आवको तेस्रो त्रैमाससम्ममा कुल रू. १ अर्ब ८ करोड ९७ लाख ७८ हजार खुद नाफा आर्जन गरेकोमा चालू आवको सोही अवधिमा १ अर्ब ६८ करोड ७३ लाख २२ हजार पुगेको हो । 

१७ ओटा कम्पनीमध्ये सबैभन्दा बढी खुद नाफा मञ्जुश्री फाइनान्स कम्पनीले कमाएको छ । कम्पनीले रू. ३७ करोड ५१ लाख नाफा कमाएको हो । यो नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा ९४ प्रतिशतले वृद्धि भएको हो । साथै, यस कम्पनीको वितरणयोग्य नाफा पनि सबैभन्दा बढी रहेको छ । चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीको वितरणयोग्य नाफा रू. २८ करोड २१ लाख ३१ हजार रहेको हो । 

कम्पनीले एनएफरआएस प्रणाली अनुसार विभिन्न शीर्षकमा छुट्याएपछिको नाफा नै वितरणयोग्य नाफा हो । यी नाफाबाट कम्पनीले शेयरधनीलाई लाभांश वितरण गर्ने गर्दछ । प्रतिशेयर बजार मूल्य पनि मञ्जुश्री फाइनान्स कम्पनीको रहेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ५०९ पुगेको छ । 

वित्तीय विवरण सार्वजनिक गरेका १७ ओटा कम्पनीमध्ये जानकी फाइनान्स र गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्सले वित्तीय विवरणमा वितरणयोग्य नाफा उल्लेख गरेका छैनन् । १७ ओटा कम्पनी मध्ये सबैभन्दा कम नाफा नेपाल फाइनान्सको रहेको छ । कम्पनीको नाफा रू. ३५ लाख रहेको छ । नेपाल स्टक एक्सचेञ्जमा २७ ओटा फाइनान्स कम्पनीहरु सूचीकृत छन् । जसमध्ये १७ ओटाको मात्र शेयर कारोबार हुने गर्दछ । 

                                             स्रोत : कम्पनीले प्रकाशित वित्तीय विवरण र नेपाल स्टक एक्सचेञ्ज 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्