ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

उद्योग वाणिज्य महासंघद्वारा कोभिड संक्रमितका लागि ‘हेल्लो डाक्टर’ अभियान शुरुवात 

२०७८ बैशाख, २५  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २५, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले कोभिड–१९ को नयाँ भेरियन्टको संक्रमणको महामारिबाट प्रभावित सर्वसाधारणको स्वस्थ्य सुरक्षालाई ध्यानमा राख्दै एफएनसीसीआई अपरेशन कोभिड रिलिफ नेपाल अभियानको थालनी गरेको छ । 

महासंघले विज्ञप्ति जारी गर्दै संस्थागत सामाजिक उत्तरदायित्वलाई मनन गरी हरेक पटक सहयोग पुर्‍याउंदै आएको बताउँदै उक्त अभियान अन्तर्गत पहिलो कार्यक्रमको रुपमा हेल्लो डाक्टर शुरुवात गरेको उल्लेख गरेको छ । महासंघले थप अन्य कार्यक्रमहरू समेत ल्याउने तयारीमा रहेको बताएको छ ।

भाइवरको  सहकार्यमा हेल्लो डाक्टर कार्यक्रममा डाक्टर अन कलका चिकित्सकहरूले स्वास्थ्य परामर्शदाताका रूपमा सेवा प्रवाह गर्ने बताइएको छ । स्वास्थ्य परामर्श दिने उद्धेष्यले आयोजना गर्न लागिएको उक्त कार्यक्रम आइतवारबाट शुरु हुने छ । 

कोभिड संक्रमित भई घर वा आईसोलेशनमा बसेका र चिकित्सकको सल्लाह परामर्श लिन कठिनाई भएकाहरूले हेल्लो डाक्टर मार्फत सहयोग लिन पाउने महासंघले बताएको छ ।

 हेल्लो डाक्टर, भाइवर मार्फत कोभिड संक्रमित विरामी र डक्टर बीच प्रत्यक्ष सम्पर्क गराई परामर्श दिने कार्य गरिने छ जसमा शुरुमा पाँच जना डाक्टरहरूले परामर्श दिनेछन् ।

त्यसका लागि विहान ९ बजेदेखि १२ बजेसम्म र दिउँसो ३ बजेदेखि ६ बजेसम्मका लागि समय छुट्टयाइएको छ । 

 

महासंघका अनुसार नाम दर्ता गर्न विरामीले २११११२११११ भाइवर नम्वरमा म्यासेज गर्नुपर्नेछ र सोही म्यासेजका आधारमा डाक्टरसँगको परामर्शको समय विरामीलाई पठाइने छ । त्यसपछि डाक्टरहरूले भिडियो कल मार्फत विरामीहरूसंग संवाद गरी स्वास्थ्य परामर्श दिने छन् । म्यासेजमा विरामीले आफ्नो नाम, उमेर र ठेगाना खुलाउनु पर्नेछ । यो सेवा निःशुल्क हुने छ भने देशैभरका सबै संक्रमितहरूले यो सेवा लिन सक्ने छन् ।

रोग संक्रमितहरूलाई प्रविधिको प्रयोग मार्फत डाक्टरहरूसँग प्रत्यक्ष भेट गराई उनीहरूलाई स्वास्थ्य परामर्श दिने र आपतकालिन अवस्थामा बाहेक अस्पतालसम्म जान नपर्ने वातावरण बनाई दिने उद्देश्य अनुरुप उक्त कार्यक्रमको थालनी गरिएको हो । 

हेल्लो डाक्टर मार्फत सिधै डाक्टरसँग परामर्श गर्न पाइने भएकाले कोभिड संक्रमित  विरामीमा देखिने चिन्तालाई कम गर्न र विरामीको आत्मबल बढाउन सहयोग पुग्ने दावी महासंघका अध्यक्ष शेखर गोल्छाले गरेका छन् । महासंघले थालनी गरेको उक्त  स्वास्थ्य अभियानबाट बढीभन्दा बढी लाभ उठाउन उनले आग्रह गरेका छन् ।

महामारिको बढ्दो संक्रमणलाई नियन्त्रण गरी सर्वसाधारणको स्वास्थ्य सुरक्षा गर्नु यतिबेला सबैको कर्तव्य भएकाले आआफ्नो ठाउँबाट यस अभियानमा सहयोग गर्न र अधिकतम स्वास्थ्य सचेतना अपनाउन महासंघले आग्रहसमेत गरेको छ ।


 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्