ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

०.१२% ले घटेको बजारमा रु रु जलविद्युतको शेयरमूल्य सर्वाधिक वृद्धि (१ बजेको अपडेट)

२०७८ बैशाख, २६  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २६, काठमाडौं । आइतवार कारोबारको दोस्रो घण्टामा नेप्से परिसूचक ३ दशमलव १० अंकले घटेर २ हजार ६३४ दशमलव शून्य २ विन्दुमा पुगेको छ । यस अवधिमा परिसूचक शून्य दशमलव १२ प्रतिशतले घटेको हो ।  

दोस्रो घण्टाको अवधिमा २०६ ओटा कम्पनीको रू. २ अर्ब ९१ करोड ५२ लाख ६४ हजार बराबरको शेयर खरीदविक्री भएको छ ।

कारोबारको दोस्रो घण्टामा रु रु जलविद्युत् परियोजनाको शेयरमूल्य सर्वाधिक ९ दशमलव ८२ प्रतिशतले बढेर प्रतिकित्ता शेयरमूल्य रू. ५४८ पुगेको छ । 

यस अवधिसम्म कुमारी बैंकको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. २३ करोड ८४ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. ३२३ मा कारोबार भइरहेको छ ।

दोस्रो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये बैंकिङ, विकास बैंक र लगानी समूहको परिसूचक बढेको छ भने बाँकी व्यापार, होटल्स तथा पर्यटन, जलविद्युत्, वित्त,  उत्पादन तथा प्रशोधन निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त, जीवन बीमा र म्युचुअल फण्ड समूहको परिसूचक घटेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्