ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

तेस्रो त्रैमासमा हिमालयन डिष्टीलरीको नाफा ५३.८६ % ले वृद्धि

२०७८ बैशाख, २६  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २६, काठमाडौं । हिमालयन डिष्टीलरी लिमिटेडको खुद नाफा गत अवाको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ५३ दशमलव ८६ प्रतिशतले वृद्धि भएको हो । 

गत आवको तेस्रो त्रैमासमा रू. ४३ करोड ७१ लाख ६३ हजार नाफा कमाएको उक्त कम्पनीले चालू आवको सोही अवधिमा वृद्धि भएर रू. ६७ करोड २७ लाख ४४ हजार नाफा कमाएको हो ।

चालू आवको तेस्रो त्रैमाससम्ममा  कम्पनीले उत्पादन विक्री आम्दानी रू. ३ अर्ब ८९ करोड ५१ लाख गरेको छ ।गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवमा यो आम्दानी ८ दशमलव ९९ प्रतिशतले वृद्धि भएको हो । 

कम्पनीले गत आवको तेस्रो त्रैमाससम्ममा रू. ३ अर्ब ५७ करोड ३५ लाख  आम्दानी गरेको हो । चुक्तापूँजी रू. ८६ करोड ७७ लाख रहेको उक्त कम्पनीले जगेडामा रू.७६ करोड ८२ लाख ४१ हजार सञ्चित गरेको छ ।

गत आवको तुलनामा कम्पनीको प्रतिशेयर आम्दानीमा वृद्धि भएको छ । गत आवको तेस्रो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी रू. १०० दशमलव ७६ रहेकोमा चालू आवको सोही अवधिमा रू. १०० दशमलव ३८ पुगेको हो । 

कम्पनीको मूल्य आम्दानी अनुपात ४२ दशमलव ८२, तरलता अनुपात २ दशमलव ७४ र प्रतिशेयर नेटवर्थ रू. १८८ दशमलव ५४ रहेको छ । 

कम्पनीले उत्पादित् ब्रान्ड गोल्डेन ओक  र ब्ल्याक ओकप्रति अधिक निर्भर भएको हुनाले व्यवस्थापनले लामो समयको अनुसन्धानपछि उपभोक्ता माझ प्रिमियम ब्राण्डको रुपमा ब्लयू ओक नामक मदिरा उत्पादन गरी यसै त्रैमासिक अवधिदेखि विक्री वितरणको कार्य प्रारम्भ गरेको वित्तीय विवरणमा उल्लेख गरेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्