ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

नेपाल चेम्बर अफ कमर्सले कोभिडका विरामीका लागि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याउने

२०७८ बैशाख, २६  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २६, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले कोभिड–१९ बाट सृजित स्वास्थ्य सम्वेदनशीलतालाई ध्यानमा राख्दै एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ ।

आपतकालीन स्वास्थ्य प्रयोजनका लागि बिहान सात बजेदेखि साँझ सात बजेसम्म एम्बुलेन्स सेवा उपलब्ध हुने चेम्बरले बताएको छ ।

कोभिड–१९ का कारण गम्भीर बिरामीहरु अस्पतालसम्म पुग्न कठिनाइ भइरहेका बेला नेपाल चेम्बरले छेत्रपाटी चिकित्सालयसँगको सहकार्यमा एम्बुलेन्स सेवा उपलब्ध गराएको हो । हाललाई काठमाडौं उपत्यकाभित्रका अस्पताल जानु पर्ने बिरामीहरुले एम्बुलेन्स सेवा लिन सक्ने छन् । 

एम्बुलेन्स सेवा प्रयोगका लागि उल्लेखित समयमा नेपाल चेम्बर अफ कमर्सको फोन नं ०१५३३०९४७ वा क्षेत्रपाटि चिकित्सालयको मोवाईल नं. ९८५१२१६०३९ मा सम्पर्क राख्न पनि चेम्बरले भनेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्