ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

४ अर्ब २३ करोडको शेयर खरीदविक्री भएको बजारमा कुमारी बैंकको सर्वाधिक कारोबार (२ बजेको अपडेट)

२०७८ बैशाख, २६  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २६, काठमाडौं । आइतवार कारोबारको तेस्रो घण्टामा नेप्से परिसूचक ९ दशमलव १६ अंकले घटेर २ हजार ६२७ दशमलव ९६ विन्दुमा पुगेको छ । 

शून्य दशमलव ३५ प्रतिशतले घटेको बजारमा २१४ ओटा कम्पनीको रू. ४ अर्ब २३ करोड ८ लाख ४८ हजार बराबरको शेयर खरीदविक्री भएको छ ।

कारोबारको तेस्रो घण्टामा रु रु जलविद्युत् परियोजनाको शेयरमूल्य सर्वाधिक ९ दशमलव ८२ प्रतिशतले बढेर प्रतिकित्ता शेयरमूल्य रू. ५४८ पुगेको छ । 

तेस्रो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये बैंकिङ र विकास बैंक समूहको परिसूचक शून्य दशमलव २५ र शून्य दशमलव २१ प्रतिशतले बढेको छ भने बाँकी व्यापार, होटल्स तथा पर्यटन, जलविद्युत्, वित्त,  उत्पादन तथा प्रशोधन निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त, जीवन बीमा, म्युचुअल फण्ड र लगानी समूहको परिसूचक घटेको छ । 

यस अवधिसम्म कुमारी बैंकको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. २५ करोड ५ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. ३२१ मा कारोबार भइरहेको छ ।

कारोबार रकमकै आधारमा सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीमा एनसीसी बैंक रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता रू. ३७० मा रू. २३ करोड १ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्